हैजा देखिएपछि राजपुर नगरपालिकाको क्षेत्र सिल
रौतहट । राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक आदेश जारी गर्दै प्रभावित क्षेत्र सिल गर्ने आदेश जारी गरेका हुन् ।
राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डा. नुरुल होदाको घरसम्मको वरीपरीको घरधुरी क्षेत्र सिल गर्न आदेशमा उल्लेख छ । गत असोज २ गते प्रारम्भिक रूपमा १ जनामा देखिएको झाडा पखालाको बिरामी सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ । आरडीटी एवं कल्चर टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्राप्त भएको छ ।
आदेशमा आजदेखि अर्को आदेश नभएसम्मको लागि तोकिए बमोजिमको क्षेत्रहरूमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सरसफाइकर्मीहरु र अत्यावश्यक एवं अत्यन्त जरुरी काममा बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्को घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्न भनिएको छ ।
अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरूको आवतजावतमा नियन्त्रण गर्न तथा उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न आदेश जारी गरिएको छ ।
त्यस्तै सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र सर्तहरूको कार्यान्वयन गर्ने गराउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण