बानेश्वरबाट पक्राउ परेका थिए पूर्वडीआईजी जोशी, पोखरा लगिँदै
काठमाडौँ । सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन गरेको केही घण्टामा नै आइतबार छविलाल जोशी पक्राउ परे । नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।
अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार उनलाई ‘जरुरी पक्राउ पुर्जी’ दिइएको छ । अदालतबाट पक्राउ अनुमति जारी नभएको अवस्थामा अनुसन्धान अधिकृतहरूले जरुरी पुर्जी दिएर आरोपीलाई नियन्त्रणमा लिन्छन् । उनलाई अनुसन्धानका लागि पोखरा लगिँदै छ । बुद्ध एयरको साँझ ८ बजेको उडान मार्फत पोखरा लान थालिएको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ । उनीहरू तिनैजना व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
गोर्खा मिडियाका निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण