तरुण दलको संशोधित विधान सर्वसम्मत पारित
काठमाडौँ । नेपाल तरुण दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित भएको छ । नेपाल तरुण दल केन्द्रीय समितिको भक्तपुरको लोकन्थलीमा असोज ५ र ६ गते बसेको बैठकबाट दलको संशोधित विधान २०८१ सर्वसम्मतिले पारित गरेको हो ।
२०८० चैत १५ र १६ गते बसेको दलको बैठकले पाचौं महाधिवेशन सम्पन्न गर्न संघीय संरचना अनुरुप विधान संशोधन गर्ने निर्णयअनुरुप अध्यक्ष विद्वान गुरुङलाई समिति निर्माण गर्ने अधिकार दिएको थियो ।
अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरुमध्येबाट धनराज तुम्बापोलाई संयोजक, सदस्यहरुमा मुना भुषाल, कृष्ण रिजाल, विवेक न्यौपाने, लोकहरी पौडेल र कार्यलयका मुख्य सचिव ठानप्रसाद पोख्रेल सदस्यसचिव रहने गरि विधान संसोधन मस्यौदा समिति गठन गरेका थिए ।
दुई दिन चलेको बैठकमा केन्द्रीय सदस्यहरुले राय सुझाव दिएका थिए । अध्यक्ष गुरुङले अब तरुण दल पाचौं महाधिवेशन उन्मुख भएको कुरा बताउँदै विधान सर्वसम्मतिले पारित गरिदिएकोमा सम्पूर्ण केन्द्रीय सदस्य र विधान मस्यौदा संशोधन समितिका पदाधिकारीलाई आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् ।
बैठकले रोल्पाको तत्कालीन रोल्पा नगर अध्यक्ष रोहित पुन लाई तरुण सहिद घोषणा गरेको छ भने नेपाल सरकारसँग राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण