स्पेनिस ला लिगा फुटबल : बार्सिलोनाले भिल्लारियललाई ५-१ अन्तरले हरायो
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत छैटौँ चरणको खेलमा बार्सिलोनाले भिल्लारियलविरुद्ध ५-१ को फराकिलो जीत निकालेको छ ।
आइतबार बेलुका भिल्लारियलको घरेलु मैदानमा बार्सिलोनाले गोलको बर्षा गर्यो । बार्सिलोनाका लागि खेलको २० औँ मिनेटमै रोबर्ट लेवान्डोस्की गोल गर्दै अग्रता दिलाए ।
३५ औँ मिनेटमा उनले थप एक गोल गरे । भिल्लारियलका लागि ३८ औँ मिनेटमा आयोज पेरजले गोल गरेका थिए ।
दोश्रो हाफमा बार्सिलोनाका लागि पाब्लो तोरीले ५८ औँ मिनेटमा गोल गरे । खेलमा पेनाल्टी मिस्ड गरेका लेवान्डोस्की ह्याट्रिकबाट बञ्चित भए ।
बार्सिलोनाका लागि रोफिन्हाले थप २ गोल गरे । उनले ७४ औँ र ८३ औँ मिनेटमा गोल गरेका थिए । लिगअन्तर्गत ५ खेल खेल्दा सबै खेलमा जीत निकालेको बार्सिलोना १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
भिल्लारियल ५ मध्ये एक खेलमा हार र एकमा बराबरी गरेर ११ अंकमा सीमित छ ।
लिगअन्तर्गत आइतबार भएको खेलमा गेटाफे र लेगान्सले १-१ को बराबरी खेले भने एथ बिल्बाओले सेल्टा भिगोलाई ३-१ ले पराजित गर्यो । अर्को खेलमा रायो भ्यालेकानो र मड्रिडले पनि १-१ को बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण