सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद् बैठकमा जुटेन सहमति
काठमाडौँ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठक विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकमा कुनै निर्णय नगरी सकिएको परिषद्का एक सदस्यले बताए ।
सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक प्रधान न्यायाधीश श्रेष्ठले बोलाएका थिए । सोमबार ३ बसेदेखि ५ बजेसम्म परिषद्को बैठकमा न्यायाधीश नियुक्तिबारे छलफल गरेको थियो ।
परिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया,सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत,रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सदस्य छन् । परिषद्का सदस्यहरूबिच कुरा मिल्न नसक्दा आज पनि न्यायाधीश नियुक्ति हुन नसेकेको र अर्को दिन पुन: बस्ने ती सदस्यले बताए । आइतबार पनि परिषद् बसेको थियो । उक्त बैठकमा निरन्तर बस्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण