सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको परिषद् बैठकमा जुटेन सहमति

काठमाडौँ । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद् बैठक विना निष्कर्ष टुङ्गिएको छ । सोमबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकमा कुनै निर्णय नगरी सकिएको परिषद्का एक सदस्यले बताए ।
सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १६ न्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक प्रधान न्यायाधीश श्रेष्ठले बोलाएका थिए । सोमबार ३ बसेदेखि ५ बजेसम्म परिषद्को बैठकमा न्यायाधीश नियुक्तिबारे छलफल गरेको थियो ।
परिषदमा कानुनमन्त्री अजयकुमार चौरसिया,सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत,रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सदस्य छन् । परिषद्का सदस्यहरूबिच कुरा मिल्न नसक्दा आज पनि न्यायाधीश नियुक्ति हुन नसेकेको र अर्को दिन पुन: बस्ने ती सदस्यले बताए । आइतबार पनि परिषद् बसेको थियो । उक्त बैठकमा निरन्तर बस्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
-
कहिले सञ्चालनमा आउँछ धरानको स्मार्ट बसपार्क ?
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा