इजरायली आक्रमणमा लेबनानमा मर्नेको सङ्ख्या सय पुग्यो, घाइते ४००
सोमबार, ०७ असोज २०८१, १७ : ४६
बेरुत । इजरायलले हिजबुल्लाहहरूको गढमाथि गरेको आक्रमणमा परेर सय जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार बताएअनुसार दक्षिणी लेबनानका सहर र गाउँहरूमा कम्तीमा सय जनाको मृत्यु भएको छ ।
यी आक्रमणमा परेर बालबालिका र महिलासमेत अरू चारसय जना घाइते भएको बताइएको छ । इजरायली सेनाले लेबनानमा बृहतस्तरमा आक्रमण गर्ने भनेर यसअघि नै इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हागरीले भनेका थिए ।
उनले मानिसहरूलाई हेजबुल्लाहको गढ वरिपरि नबस्नको आग्रह पनि गरेका थिए । आईडीएफका अनुसार हालै हिजबुबुल्लाहले इजरायलमाथि १५० वटा रकेट हानेको थियो । यसको जवाफमा इजरायलले कारबाही तीव्र बनाएको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण