नेप्सेले भन्यो– बजारमा कोही विश्लेषक छैनन्, भर नपर्नू
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेयर कारोबार गर्दा विश्लेषकको नाममा कुनै पनि व्यक्तिको भर नपर्न आग्रह गरेको छ । हालसम्म नेप्सेले विश्लेषकको रूपमा कसैलाई पनि मान्यता दिएको वा दर्ता गरेको अवस्था नभएको भन्दै नेप्सेले स्वघोषित रूपमा शेयर विश्लेषक मान्नेहरूलाई विश्वास नगर्न अनुरोध गरेको हो ।
‘फेसबुक, ट्विटर, क्लबहाउस लगायत सामाजिक सञ्जाल वा आम सञ्चार माध्यममा यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाइ लगानी गर्दा जोखिममा पर्न सकिन्छ,’ नेप्सेले भनेको छ, ‘त्यसैले यथार्थ बुझेर लगानी सम्बन्धी निर्णय गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्बन्धित सबैलाई अनुरोध गर्दछ ।’
पछिल्लो समय ३ हजार हाराहारीसम्म पुगेको नेप्से परिसूचक सोमबार २५२९ अंकमा झरेको छ । अर्थमन्त्री विष्णु पौडेलको चासोका बाबजुद बजारमा पहिरो जाने क्रम रोकिएको छैन । यो अवस्थामा अहिले सामाजिक सञ्जालहरूमा परिसूचकको भविष्यबारे अनेक विश्लेषण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण