आइएमईको वर्षैभरि उत्सव बहार : प्रमीलाले जितिन् १ करोड रुपैयाँ
सोमबार, ०७ असोज २०८१, १८ : ३०

काठमाडौँ । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमीला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमई मार्फत रकम पठाएकी थिइन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन् ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरे ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दसैँ अगाडि सुरु गरेको "आइएमई गरौँ,करोडपति बनौँ" योजना अन्तर्गत आज भाग्यशाली सेवाग्राहीको छनोट भएको हो ।