कांग्रेस सभापति देउवा आज वीरगन्ज आउँदै
वीरगन्ज । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार वीरगन्ज आउँदै छन् । मधेसको प्रदेशकाे वीरगन्जमा कांग्रेस सभापति देउवाको करिब दुई दिन जति बसाई हुने भएको छ । सो क्रममा उनले वीरगन्ज जिल्लाको २ वटा भवन उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।
मंगलबार उद्घाटन समारोह सकेपछि कांग्रेसको नेताकार्यकर्ताहरु सँग राजनीति भेटघाट कार्यक्रम बनाइएको छ । कांग्रेसका अनुसार देउवा बिहान १०ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम तय गरिएको छ ।
कांग्रेस पर्साले आयोजना गरेको दुई दिने छट्टाछट्टै कार्यक्रममा सहभागी हुन सभापति देउवा वीरगन्ज आउन लागेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार सभापति देउवाले सुरुमा मगलबार दिउँसो पटेर्वासुगौलीमा आधारभूत अस्पतालको उद्घाटन गर्नेछन् । त्यसपश्चात् उनी वीरगन्ज फर्किने कार्यक्रम तय भएको छ ।
दोस्रो दिन वीरगन्ज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् । यी कार्यक्रम पश्चात् सभापतिको भेटघाट कार्यक्रम तय गरिएको छ । देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रीय सदस्य, प्रदेश सभा सदस्यहरू, नेपाली कांग्रेस मधेस प्रदेशका पदाधिकारी एवम् सदस्यहरूसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको प्रचार प्रमुख गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण