कांग्रेस सभापति देउवा आज वीरगन्ज आउँदै

वीरगन्ज । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार वीरगन्ज आउँदै छन् । मधेसको प्रदेशकाे वीरगन्जमा कांग्रेस सभापति देउवाको करिब दुई दिन जति बसाई हुने भएको छ । सो क्रममा उनले वीरगन्ज जिल्लाको २ वटा भवन उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।
मंगलबार उद्घाटन समारोह सकेपछि कांग्रेसको नेताकार्यकर्ताहरु सँग राजनीति भेटघाट कार्यक्रम बनाइएको छ । कांग्रेसका अनुसार देउवा बिहान १०ः३० बजे काठमाडौँबाट सिमरा आउने कार्यक्रम तय गरिएको छ ।
कांग्रेस पर्साले आयोजना गरेको दुई दिने छट्टाछट्टै कार्यक्रममा सहभागी हुन सभापति देउवा वीरगन्ज आउन लागेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार सभापति देउवाले सुरुमा मगलबार दिउँसो पटेर्वासुगौलीमा आधारभूत अस्पतालको उद्घाटन गर्नेछन् । त्यसपश्चात् उनी वीरगन्ज फर्किने कार्यक्रम तय भएको छ ।
दोस्रो दिन वीरगन्ज महानगरको वडा नम्बर २४ मा देउवाले आत्माराम ओझा दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्नेछन् । यी कार्यक्रम पश्चात् सभापतिको भेटघाट कार्यक्रम तय गरिएको छ । देउवाले ८ वटै जिल्लाको जिल्ला सभापति, केन्द्रीय सदस्य, प्रदेश सभा सदस्यहरू, नेपाली कांग्रेस मधेस प्रदेशका पदाधिकारी एवम् सदस्यहरूसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको प्रचार प्रमुख गुप्ताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?