विभिन्न मुद्दामा फरार १३ जना प्रतिवादी पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार गरी २ दिनमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मुद्दामा वारदात पश्चात् फरार रहेका व्यक्तिहरूलाई खोज तलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा दाखिला गरेको हो ।
पक्राउ पर्नेमा रौतहट राजपुर–४ बस्ने वर्ष ३० का राम प्रवेश साह, राजपुर– ५ बस्ने वर्ष ३० का धर्वेन्द्र भगत माली, राजपुर–४ बस्ने वर्ष २१ का कमरे आलम, राजदेवी– ९ बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह, सोही स्थान बस्ने बस्ने वर्ष २९ का रन्धिर कुमार सिंह रहेका छन् ।
त्यसैगरी रौतहटको गौरनगरपालिका–४ बस्ने वर्ष २३ का बेलवा भन्ने हरिओम राय यादव, बौधिमाई नगरपालिका ५ बस्ने वर्ष ४० का मोनोफ मिँया, यमुनामई गाउँपालिका २ बस्ने वर्ष ३० को प्रदीप यादव भनिने प्रदीप अधिकारी, फतुवाबिजयपुर नगरपालिका ३ बस्ने वर्ष ३७ का पन्ना लाल साह, राजदेवी नगरपालिका–७ बस्ने वर्ष २७ को मुन्ना यादव भनिने आकाश राय यादवलगायत पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण