सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक
मङ्गलबार, ०८ असोज २०८१, ११ : ०३
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च हुँदै १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण