पोखराका व्यवसायी भन्छन्–अनुगमनका नाममा व्यवसायीलाई हतोत्साही नबनाऊ
पोखरा । चाडबाड नजिकिएसँगै बजार अनुगमनले तीव्रता पाउँछ । तीनै तहका सरकारले अनुगमन समिति बनाएरै कालोबजारी र महँगी नियन्त्रणको प्रयास गरिरहेका छन् । यद्यपि प्रयास सफल हुन सकेको छैन । यो वर्ष चाडबाड संघारमा छ । अनुगमनको तयारी पनि चलिरहेको छ ।
गण्डकी प्रदेशसभामा सांसद डिल्लीराम सुवेदीले संसदीय अनुगमन समिति गठन गर्नुपर्ने माग राखेका छन् । समिति गठन त भएको छैन । तर अनुगमनको संयन्त्र बन्ने पक्का छ । यही बेला पोखराका व्यवसायीहरूले अनुगमनका नाममा व्यवसायीलाई हतोत्साही नबनाउन आग्रह गरेका छन् ।
पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले विज्ञप्ति नै जारी गरेर अनुगमनका क्रममा व्यवसायीलाई हतोत्साही बनाउने र व्यावसायिक फार्मले आर्जेको प्रतिष्ठा गिराउने काम नगर्न चेतावनी दिएका हुन् । कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेधसँगै नागरिकको सम्पत्ति आर्जन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारलाई ख्याल गर्न उनीहरूको सरकारलाई आग्रह छ ।
लगानी गर्नु र लागत मूल्यमा तोकिएको मुनाफा जोडेर बिक्री गर्नु व्यवसायीको अधिकार तथा कर्तव्य भएको जिकिर गर्दै दुवै संघले खरिद बिलमा उल्लिखित मूल्यमा कानुनसम्मत नाफा जोड्न पाउनु व्यवसायीको नैसर्गिक अधिकार भएको पनि दाबी गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथकी महासचिव जानुका पराजुलीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको मुखमा गरिने बजार अनुगमन र त्यस उपक्रममा उद्योगी÷व्यवसायीमाथि हुने गरेको अनावश्यक दबाबप्रति भने हाम्रो गम्भीर आपत्ति छ ।’
उनीहरुले समय समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम सञ्चालन नहुनु, भीड भएका बेला अनुगमन गरिनु, सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या गरिनु न्यायोचित नहुने उनीहरूको भनाई छ । उनीहरुले चाडबाडमा सकेसम्म छुट दिन व्यवसायीसँग आग्रह पनि गरेका छन् । ‘चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरूमा यथाशक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरूको बिक्री–बितरणको व्यवस्था मिलाउन, कानुनले तोकेभन्दा बढी मूल्य तथा म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न तथा खरिद र बिक्री बिल चुस्त–दुरुस्त राख्नको लागि हामी सम्पूर्ण उद्योगी÷व्यवसायी समक्ष हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण