छविलाल जोशीको पहिलो दिनको बयान सकियो
पोखरा । गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ ।
जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीश कमला काफ्लेको उपस्थितिमा जोशीको मंगलबार बयान लिइएको हो । बयान बुधबार पनि जारी रहने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बयान सकिन ३ दिन लाग्ने बताए ।
आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई सोही राति जहाजमार्फत पोखरा ल्याइएको थियो ।
सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जोशीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिनको म्याद मागेको थियो ।
पूर्वडीआईजी समेत रहेका जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेको गितेन्द्रबाबु राई (जिबी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार थिए ।
संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण