यूएईलाई सजिलै हरायो अमेरिकाले
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा अमेरिकाले यूएईलाई १ सय ३६ रनको विशाल अन्तरले हराएको छ । मंगलबार भएको खेलमा ३ सय ४० रनको लक्ष्य पछ्याएको यूएईले ३६.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि ३ खेलाडीले अर्धशतक बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । राहुल चोपराले सर्वाधिक ५२ रन बनाए भने आसिफ खानले ५१ रन तथा बासिल हमिदले ५० रन जोडे ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र नोस्टहुस केन्जिगेले ३–३ विकेट लिए । जसदीप सिंहले २ विकेट हात पारे ।
यसअघि, मिलिन्द कुमारको शानदार १ सय ५५ रनको मद्दतले अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो ।
उनलाई सैतेजा मुकामालाले १ सय ७ रन बनाए । शमित पटेलले ४८ रन जोडे । यूएईका लागि आयान अफजल खानले २ तथा जुनैद सिद्धिकी र अली नसिरले १–१ विकेट लिए ।
८ खेलबाट छैटौँ जितसहित अमेरिका अङ्क तालिकामा १२ अङ्कसहित दोस्रो स्थानमा छ । यूएई ६ खेलबाट मात्र २ अङ्क बटुलेर पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण