नेविसंघले केन्द्रीय कार्यालयमा ताला लगाएपछि कर्मचारीको तलब भत्ता निकासमा समस्या
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनको सन्दर्भमा भएको विवादलाई लिएर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले मंगलबार तालाबन्दी गरेको हो ।
केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेपछि विश्वविद्यालयको प्रशासनिक कामहरू प्रभावित भएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक, कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक कामकारबाहीहरू प्रभावित भएको बताए ।
स्ववियु निर्वाचनको विषयमा विश्वविद्यालयद्वारा गठित निर्वाचन समिति र मतदान अधिकृतसहितको टोली निर्वाचन गर्न गराउनका लागि सम्पूर्ण रूपमा तम्तयार रहेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग राखी अदालत गएका थिए ।
रिटको सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतको संयुक्त इजलासले भदौ २७ गते जारी गरेको अल्पकालीन आदेशलाई असोज ६ गते निरन्तरता दिइरहनु नपर्ने भन्ने आदेश भएको छ ।
कार्तिक २ गतेको लागि रिट दायर गर्ने निवेदकहरूलाई उच्च अदालतबाट तारेख तोकिएको हुँदा उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
उच्च अदालतको अन्तिम फैसला विश्वविद्यालयमा प्राप्त भए पश्चात् विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्घ सङ्गठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा अविलम्ब निर्वाचनको नयाँ मिति र कार्यक्रम तोकी समयमै निर्वाचन गर्न गराउन विश्वविद्यालय तयार रहेको पनि पौडेलले बताए । ‘यसर्थ अविलम्ब ताला खोली निर्वाचनको वातावरणका लागि मार्ग प्रशस्त गर्न हार्दिक अपिल गर्दछु,’उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण