नेविसंघले केन्द्रीय कार्यालयमा ताला लगाएपछि कर्मचारीको तलब भत्ता निकासमा समस्या

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनको सन्दर्भमा भएको विवादलाई लिएर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले मंगलबार तालाबन्दी गरेको हो ।
केन्द्रीय कार्यालयमा नै तालाबन्दी गरेपछि विश्वविद्यालयको प्रशासनिक कामहरू प्रभावित भएका छन् । विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूको पूर्वसन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक, कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक कामकारबाहीहरू प्रभावित भएको बताए ।
स्ववियु निर्वाचनको विषयमा विश्वविद्यालयद्वारा गठित निर्वाचन समिति र मतदान अधिकृतसहितको टोली निर्वाचन गर्न गराउनका लागि सम्पूर्ण रूपमा तम्तयार रहेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग राखी अदालत गएका थिए ।
रिटको सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतको संयुक्त इजलासले भदौ २७ गते जारी गरेको अल्पकालीन आदेशलाई असोज ६ गते निरन्तरता दिइरहनु नपर्ने भन्ने आदेश भएको छ ।
कार्तिक २ गतेको लागि रिट दायर गर्ने निवेदकहरूलाई उच्च अदालतबाट तारेख तोकिएको हुँदा उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
उच्च अदालतको अन्तिम फैसला विश्वविद्यालयमा प्राप्त भए पश्चात् विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्घ सङ्गठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा अविलम्ब निर्वाचनको नयाँ मिति र कार्यक्रम तोकी समयमै निर्वाचन गर्न गराउन विश्वविद्यालय तयार रहेको पनि पौडेलले बताए । ‘यसर्थ अविलम्ब ताला खोली निर्वाचनको वातावरणका लागि मार्ग प्रशस्त गर्न हार्दिक अपिल गर्दछु,’उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन