म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीको घुँडामा समस्या
बुधबार, ०९ असोज २०८१, १६ : ३०
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री केही समय मैदानबाट बाहिर रहने भएका छन् । २८ वर्षीय रोड्रीको घुँडाको लिगामेन्टमा समस्या देखिएको म्यानचेस्टर सिटीले जनाएको छ ।
गत आइतबार सम्पन्न आर्सनलविरुद्धको खेलको २१ औँ मिनेटमा उनी घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनी आर्सनलका खेलाडी थोमस पार्टीसँग ठोक्किएर घाइते भएका थिए । रोड्री कति समय मैदानबाट बाहिर रहने हुन् भन्ने विषयमा केही बताइएको छैन ।
‘उनको चोटको थप परीक्षण भइरहेको छ । रोड्री कहिलेसम्म मैदान बाहिर रहन्छन् भन्ने विषयमा अहिले नै केही बताउन सकिन्न,’ म्यान सिटीले भनेको छ । रोड्रीले म्यानचेस्टर सिटीको केही खेल भने गुमाउने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण