पाण्डेले पशुपतिबाट थाले शौचालय सरसफाइ अभियान
बुधबार, ०९ असोज २०८१, १७ : ३९
धनगढी । कैलालीको गोदावरी नगरपालिका घर भएका लोकराज पाण्डे ‘आगो’ले पशुपति मन्दिरस्थित शौचालय सरसफाइ गर्दै स्वच्छता अभियान सुरु गरेका छन् ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समिति संयोजक समेत रहेका आगोले बुधवार परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक स्थल सरसफाइ अभियान थालेका हुन् ।
‘स्वच्छता नै जीवन हो’ भन्ने मूल नारा बनाएका उनले आज काठमाडौँस्थित पशुपति क्षेत्र अन्तरगत रहेको शौचालय सरसफाइ गरेको बताएका छन् ।
अभियान अन्तरगत प्रत्येक बुधवार सार्वजनिक विद्यालय, मठ मन्दिरलगायत सार्वजनिक स्थलको जीवन रहुन्जेल सरसफाइ गर्ने आफ्नो योजना रहेको सुनाए । अभियानलाई देशव्यापी बनाउने समेत उनले सङ्कल्प गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण