लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ
काठमाडौँ । इजरायलको आक्रमणका कारण लेबनानमा संयुक्त राष्ट्रसंघले सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार इजरेली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा गरेको हमलाका कारण हजारौँ मानिसहरू विस्थापित भइरहेको तथ्यांक सार्वजनिक भएको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबारको इजरायली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ। गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरेलमा ६०,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताए।
इजरायलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण