सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

२४ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना

बिहीबार, १० असोज २०८१, १८ : ००
बिहीबार, १० असोज २०८१

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न क्षेत्रमा कार्यरत २४ प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको भन्दै तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । 

प्रहरी महानिरीक्षकको सचिवालय, अन्तर्गतको कानुन शाखाले आज सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको जनाएको छ । 

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ । 

111

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप