नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
आइतबार, ११ जेठ २०८२, २२ : १३
सारांश
- ऊर्जामन्त्री दीपक खड्काले स्युचाटारस्थित भार प्रेषण केन्द्रको अवलोकन गरी देशभरको विद्युत आपूर्तिबारे जानकारी लिए।
- मन्त्री खड्काले देशको आन्तरिक माग पूरा गर्न विद्युत पर्याप्त रहेको र लोडसेडिङको हल्ला निराधार रहेको बताए।
- मौसमका कारण आउने समस्या समाधान भइरहेको र अफवाहबाट सजग रहन मन्त्रीको आग्रह छ।
काठमाडौँ । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रका विषयमा जानकारी लिएका छन् । आइतबार साँझ केन्द्रमा पुगेर मन्त्री खड्काले देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।
उनले देशमा उत्पादन भइरहेको विद्युतले आन्तरिक माग पूरा गर्न पर्याप्त रहेको बताए । केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेका बताउँदै उक्त हल्लाहरू पूर्णतः भ्रामक र आधारहीन रहेको समेत मन्त्री खड्काले बताए ।
मौसमजन्य घटनाका कारण कहिलेकाहीँ केही क्षण समस्या देखिएपनि त्यसको तत्काल समाधान भइरहेको मन्त्री खड्काले बताए । उनले सबै प्राविधिक र कर्मचारीहरू जिम्मेवार ढङ्गले आफ्नो कार्यमा खटिरहेकोले बजारमा फैलिने अपुष्ट सूचना र अफवाहप्रति सजग रहन आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण