शानदार जितसहित लिभरपुल र आर्सनल चौथो चरणमा
लण्डन । आफ्ना प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै लिभरपुल र आर्सनल काराबाओ कपको चौथो चरणमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई ५–१ गोलले हरायो । आत्मघाती गोल गरेपछि साबिक विजेता लिभरपुल खेलको २१ औँ मिनेटमा पछि परेको थियो । वाटारु एन्डोको क्लियरेन्स जारेल क्वानसालाई लाग्दै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
तर, वेस्ट ह्यामको अग्रता चार मिनेटमात्र टिक्यो । डिएगो जोटाले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमा नै उनले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७४ औँ मिनेटमा मोहम्मद शालाहले तेस्रो गोल गरे ।
७६ औँ मिनेटमा वेस्ट ह्याम १० खेलाडीमा सीमित बन्न पुग्यो । यसको फाइदा उठाउँदै खेलको अन्त्यतिर कोडी गाक्पोले दुई गोल थप्दै टोलीलाई सहज जित दिलाए ।
उता, आर्सनलले पनि लिग वान टोली बोल्टनमाथि समान ५–१ को जित निकाल्यो । खेलमा डेक्लन राइसले टोलीलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा इथन एनवानेरीले दोस्रो गोल गरे ।
दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीका अग्रता फराकिलो बनाए । एरन कोलिन्सले बोल्टनका लागि एक गोल फर्काए पनि राहिम स्टर्लिङ र काई हाभर्टजले एक–एक गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण