फिल्म ‘जेरी अन टप’ मा सुरक्षाको इन्ट्री
काठमाडौँ । सुयोग गुरुङको निर्देशन रहेको फिल्म ‘जेरी अन टप’मा अभिनेत्रीको रुपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबिच बुधबार फिल्म अभिनयका लागि सम्झौता भएको हो ।
निर्माता सरोज न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । सुरक्षाको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि भित्रिएका थिए । फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो ।
फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण