फिल्म ‘जेरी अन टप’ मा सुरक्षाको इन्ट्री
_hmJo0Xc6mY.jpg)
काठमाडौँ । सुयोग गुरुङको निर्देशन रहेको फिल्म ‘जेरी अन टप’मा अभिनेत्रीको रुपमा सुरक्षा पन्त भित्रिएकी छन् । निर्माण कम्पनी अनन्या फिल्मस् र अभिनेत्री पन्तबिच बुधबार फिल्म अभिनयका लागि सम्झौता भएको हो ।
निर्माता सरोज न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । सुरक्षाको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि भित्रिएका थिए । फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको हो ।
फिल्म अनन्या फिल्मसँग दिपक भण्डारी, रविन शेरचन र रामकृष्ठ श्रेष्ठ जोडिएका छन् भने एसोसिएट निर्मातामा ओम अग्रवाल र विवेक थापा छन् । ‘जेरी अन टप’ को कथा हेमराज बिसीको हो । फिल्मको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाकमा छायाङ्कन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!