इटालीका समर्थक हतियार बोकेर फुटबल हेर्न जर्मनी पुगेपछि...
काठमाडौँ । युरोपा लिग फुटबलमा बुधबार राति इटालियन क्लब लाजियो र युक्रेनी क्लब डायनामो किभबिच खेल भएको थियो । त्यो खेल जर्मनीको ह्याम्बर्गमा खेलिएको थियो । खेल सुरु हुनुअघिदेखि नै दुबै टोलीका समर्थकबिच भिडन्त हुन सक्ने सूचना स्थानीय प्रहरीले प्राप्त गरेको थियो ।
त्यसैले खेल हेर्न रंगशाला प्रवेश गर्ने समर्थकहरुको कडा सुरक्षा जाँच गरिएको थियो । त्यो सूचना सत्य पनि सावित भयो । सुरक्षा जाँचका क्रममा स्थानीय प्रहरीले हात–हतियारसहित रंगशाला प्रवेश गर्न खोज्ने थुप्रै समर्थकलाई नियन्त्रणमा लिएका थिए ।
त्यसपछि सुरक्षाकर्मीले ती समर्थकलाई नियन्त्रणमा लिएर रातभर हिरासतमा राखेको समाचारमा जनाइएको छ । इटालियन क्लबले केही समर्थकलाई हात–हतियारसहित सुरक्षाकर्मीले नियन्त्रणमा लिए पनि तत्कालै रिहा गरेको जनाएको छ ।
तर, ह्याम्बर्ग प्रहरीले भने इटालियन क्लबका करिब ६० जना समर्थकलाई हात–हतियारसहित नियन्त्रणमा लिइएको र रातभर हिरासतमा राखेर भोलिपल्टमात्र रिहा गरेको जनाएको छ । प्रहरीले धेरै समर्थकबाट चक्कु, छुरीलगायतका धारिला हतियार बरामद गरेको समाचारमा जनाइएको छ ।
लामो समयदेखि रुस र युक्रेनबिच युद्ध जारी रहेकाले उक्त खेल जर्मनीको ह्याम्बर्गमा खेलाइएको हो । उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
गत मार्चमा पनि जर्मनीको म्युनिखमा स्थानीय प्रहरीले इटालियन क्लबका केही समर्थकलाई पक्राउ गरेको थियो । जर्मन क्लब बायर्न म्युनिख र लाजियोबिचको खेलका क्रममा इटालियन क्लबका केही समर्थकले हिटलरको शैलीमा सलाम ठोकेका थिए । सोही आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण