स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे
बिहीबार, १० असोज २०८१, १२ : २८
काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या १४.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म ६३ लाख ४० हजारले स्थायी लेखा नम्बर लिएका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ८६ हजार थपिएका छन् ।
कुल स्थायी लेखा नम्बर लिने करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनको संख्या ६७.३ प्रतिशत छ । ३१.४ प्रतिशत व्यावसायिक र १.३ प्रतिशत करकट्टी गर्ने निकायको स्थायी नम्बर लिने संख्या रहेको छ । गएको आवसम्म मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताको संख्या ३ लाख ३५ हजार छ । अन्तःशुल्क इजाजत प्रमाणपत्र लिनेको संख्या १ लाख २५ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण