इन्स्पेक्टर मुछिएको भैँसेपाटी घटना छानबिन गर्न समिति गठन
बिहीबार, १० असोज २०८१, १३ : ०७
ललितपुर । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको एक घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सथार्थ जानकारी दिनेगरी कार्यादेश दिइएको छ ।
बलात्कारसम्बन्धी घटनामा आर्थिक ‘फाइदा’ लिएको आरोप शाहीमाथि छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले छानबिन समिति गठन भएकझ र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् ।
असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण