अखिल क्रान्तिकारीसँग हातेमालो गर्न नेविसंघ तयार छ : अध्यक्ष शेर्पा
बिहीबार, १० असोज २०८१, १५ : ३२
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल(क्रान्तिकारी)सँग हातेमाले गर्न तयार रहेको बताएका छन् ।
बिहीबार त्रिभुवन विद्यालयमा आयोजित क्रान्तिकारीको २३औँ सम्मेलनमा शुभकामना मन्तव्य दिँदै उनले जुनसुकै तहमा हुने भागबन्डा अन्त्य गर्न सहकार्य हुने बताए । विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गर्न ठुलो चुनौती रहेकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
‘अहिले विद्यार्थी आन्दोलनले गुमाएको विश्वास फिर्ता गराउन निकै चुनौती रहेको छ । जुनसुकै तहमा हुने दलगत भागबन्डा अन्त्य गर्न नेविसंघ अखिल क्रान्तिकारीसँग हातेमालो गर्न तयार छ । विचार र सिद्धान्त फरक भएपनि राष्ट्रियता, लोकतन्त्र, देशको सुरक्षाका लागि हामी एक ठाउँमा छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण