हत्याको आरोप लागेका बंगलादेशी अलराउन्डर सकिब अल हसनको सन्न्यास घोषणा
काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर सकिब अल हसनले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा खेलिने टेस्ट नै आफ्नो लागि अन्तिम खेल हुने बताएका छन् ।
यदि, कुनै कारणले दक्षिण अफ्रिकाविरुद्धको त्यो टेस्ट हुन सकेन भने भारतविरुद्ध शुक्रबार सुरु हुने टेस्ट नै आफ्ना लागि अन्तिम खेल हुने पनि सकिबले बताएका छन् । भारत र बंगलादेशबिचको दोस्रो तथा अन्तिम टेस्ट शुक्रबार कानपुरमा सुरु हुँदैछ । उनले टेस्टसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास घोषणा गरेका छन् ।
आफ्नो खेलजीवनको उत्तरार्धतिर आएर ३७ वर्षीय सकिब नराम्रो विवादमा फसेका छन् । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि उनीमाथि हत्याको आरोप लागेको छ । हत्याको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी पनि दर्ता भइसकेको छ ।
बंगलादेशमा करिब तीन महिनासम्म चलेको विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना देश छाडेर हिँडेपछि क्रिकेटर सकिब पनि बिवादमा तानिएका हुन् ।
सकिब शेख हसिनाको पार्टी निकट रहेका थिए । रफिकुल इस्लाम नामक एक व्यक्तिले आफ्नो छोराको हत्याको आरोपमा सकिबसहित एक सय ५६ जनाविरुद्ध जाहेरी दर्ता गराएका हुन् । बंगलादेश क्रिकेट बोर्डले भने न्यायालयबाट आरोप प्रमाणित नभएपछि सकिबले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहने बताउँदै आएको छ । हालै पाकिस्तानविरुद्धको टेस्ट शृंखला जितेपछि पनि सकिब स्वदेश फर्किएका थिएनन् । उनी पाकिस्तानबाट दुबई हुँदै लन्डन गएका थिए । उनी पछिल्लो डेढ महिनादेखि बंगलादेश प्रवेश गरेका छैनन् ।
सकिबले बंगलादेशका अलराउन्डर खेलाडी हुन् । ब्याटिङसँगै बलिङका थुप्रै कीर्तिमान पनि सकिबको नाममा रहेको छ । उनले हालसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै कुल चार हजार ६ सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले दुई सय ४२ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण