एक वर्षमा एक लाखभन्दा बढीले गराए सुरक्षित गर्भपतन
शुक्रबार, ११ असोज २०८१, १५ : २८
काठमाडौँ । नेपालमा एक वर्षमा एक लाखभन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख ५ हजार ९८ जनाले गर्भपतन गराएका हुन् ।
यसमध्ये औषधिबाट गर्भपतन गराउनेको संख्या ७५ हजार ९७८ जना रहेका छन् । २० वर्ष मुनिका ४ हजार ६२८ जनाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ७१ हजार ३५० जनाले गर्भपतन गराएको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार औजारद्वारा सुरक्षित गर्भपतनको सेवा लिनेको संख्या २९ हजार १२० जना छन् ।
यसमध्ये २० वर्ष मुनिका २ हजार २७३ जना र २० वर्षमाथिका २६ हजार ८४७ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण