बाढी, पहिरोले कोशीमा कहाँ–कहाँ गर्यो क्षति ?
विराटनगर । वर्षाको कारण कोशी प्रदेशका कैयौँ स्थानका सर्वसाधारण समस्यामा परेका छन् । बाढी, पहिरोका कारण कतिपय स्थानमा बाटो अवरुद्ध भएको छ भने कतिपय स्थानहरू डुबानमा परेका छन् । विराटनगर विमानस्थलबाट नियमित उडान हुन सकेको छैन ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शुक्रबार साढे २ बजे इलामको सूर्योदय नगरपालिका १० फिक्कलस्थित पशुपतिनगर–फिक्कल रोड पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडकको ३० मिटरसम्म रुखहरूसहितको पहिरो झरेपछि बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सवारी साधनहरू वैकल्पिक बाटोबाट आवत–जावत भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै अविरल वर्षाको कारण बिहीबार तेह्रथुमको आठाराई ५ मा पहिरोले पुरिएर केही चौपाया मरेका छन् । झापाको शिवसताक्षी १० नम्बर वडामा कन्काई खोलाले कटान सुरु गरेको र २ घर परिवार जोखिममा रहेको प्रहरीले जनाएको छ । यस्तै शिवसताक्षी ७ नम्रबमै दुई दर्जन घरहरूमा खोलाको पानी पसेर डुबान भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार पाँचथर, इलाम, धनकुटा, सुनसरी र खोटाङका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध भएका छन् ।
हेर्नुहोस् विवरण
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण