प्रतिकुल मौसम
खोकनास्थित बागमती र बाराको पसहा खोलाले खतराको तह पार गर्यो, ३ ठाउँमा चेतावनी
शुक्रबार, ११ असोज २०८१, २२ : ५०
काठमाडौँ । लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ । त्यस्तै बाराको पसाहा खोलामा पनि खतरा तह पार गरेको छ । शुक्रबार राति जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जारी गरेको मौसम बुलेटिनमा बागमती र बाराको महेशपुरस्थित पसाहा खोलामा बाढीको खतरा बढेको जनाइएको हो ।
बुलेटिनमा सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी, मकवानपुरस्थित बागमती र कपिलवस्तुस्थित कोइली नदीमा पनि बाढीको तह बढेको भन्दै चेतावानी दिइएको छ । शुक्रबार बिहानदेखि देशभर परेको अविरल वर्षाका कारण अन्य नदीहरुमा पनि जलसतह खतराको तह पार गरिरहेका खबर आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण