पहिरोले हेटौँडा र काठमाडौँ जोड्ने सबै सडक ठप्प
मकवानपुर । हेटौँडा र काठमाडौँ जोड्ने सबै सडकहरू बन्द भएका छन् । पहिरोका कारण हेटौँडा र काठमाडौँ जोड्ने लामो तथा छोटा दुरीका मार्गहरू बन्द भएका हुन् ।
बिहीबारदेखि भएको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ), कुलेखानी फाखेल काठमाडौँ, कुलेखानी मातातीर्थ काठमाडौँ र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कान्ति लोकपथको ललितपुरको भट्टेडाँडा, मकवानपुरको घट्टेपाखा, आँपचौर, लाम्राङमा पहिरो खसेकाले सडक बन्द भएको छ ।
छोटो दुरीको भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौँ सडक खण्डको खानीखेला, सिमखोलामा बाढीले आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका अनुसार सिस्नेरीबाट माथिल्लो क्षेत्रमा विभिन्न स्थानमा पहिरो खेसेको छ । इन्द्रसरोवर–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ ।
कुलेखानी फाखेल काठमाडौँ सडक खण्डको महालक्ष्मी खोलाको बाढीले सडक अवरुद्ध गरेको छ । प्रहरीका अनुसार उक्त सडक खण्डमा वर्षाका कारण स–साना पहिरोहरू खसेका छन् । कुलेखानी मातातीर्थ काठमाडौँमा पनि पहिरोले सवारी आवागमन ठप्प छ ।
छोटो दुरीको मार्गको प्रवेश मार्ग भैँसे भीमफेदी सडक खण्डमा पनि पहिरो खेसेको प्रहरीको भनाई छ । भीमफदीको धोर्सिङमा पहिरो खस्दा सडक बन्द भएको हो ।
यता त्रिभुवन राजपथको थाहा नगरपालिका–५ मा पहिरो खस्दा सडक बन्द भएको छ । दामन क्षेत्रमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको प्रहरीको भनाई छ । वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण