गण्डकीका मुख्य सडकहरू पहिरोले अवरुद्ध

पोखरा । गण्डकी प्रदेश भित्रिने र बाहिरिने मुख्य सडकहरू अवरुद्ध भएका छन् । लगातारको वर्षाले पृथ्वी राजमार्ग, कालीगण्डकी राजमार्ग, बेनी जोमसोम र डुम्रे बेँसीशहर सडक ठप्प भएका हुन् ।
पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरोले सडक अवरुद्ध गरेको छ । यस्तै, बन्दिपुर चिसापानीमा पनि पहिरोका कारण राजमार्ग अवरुद्ध गरेको छ ।
यता कालीगण्डकी राजमार्गको गैँडाकोट २ चिहान डाँडामा रूख ढलेर बाटो अवरुद्ध भएको छ भने सोही राजमार्गको बौदिकाली -३ जन्ती पहिरोमा पहिरो खसेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
यता, म्याग्दीको मालिका-६ बाङगेभिरमा पहिरो झर्दा बेनी-दरबाङ सडकखण्ड पूर्ण ठप्प छ । म्याग्दीकै रगुगंगा २ बैसरीमा पहिरोका कारण बेनी-जोमसोम सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।
तनहुँको भानु १ रमाईलोडाँडामा पहिरोका कारण डुम्रे-बेशीसहर खण्ड अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित