नेपाल–चीन सडक बिच्छेद : बाढीले लार्चा र तिपिङका २ पुल बगायो
काठमाडौँ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गका २ पुल बाढीले बगाएको छ । बिहीबार रातिदेखिको अविरल बर्षाका कारण भोटेकोशी खोलामा आएको बाढीले भोटेकोशी गाउँपालिका लार्चामा रहेको बेलिबिज्र बगाएको छ । यस्तै तिपिङमा रहेको अर्को एउटा पुलपनि बगाएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले रातोपाटीलाई जानकारी दिए ।
अध्यक्ष शेर्पाले भने– ‘अरनिको राजमार्ग अन्तर्गत हाम्रो भोटेकोशी गाउँपालिकामा २ वटा पुल बगाएपछि सडक सम्बन्ध बिच्छेद भएको छ । बाढीका कारण खोला छेउका लार्चा, दश किलो, साँघु बजार जोखिममा परेको छ । जोखिमयुक्त ठाउँमा बासिन्दालाई सुरक्षित ठाउँमा जान भनेका छौँ ।’
अत्यधिक पानी, बाढी, पहिरोको कारण बिद्युत आपुर्तिमा पनि समस्या रहेको उनले बताए । बिद्युत नभएको र झरीका कारण सोलार सिष्टमले पनि काम नगरेका कारण नेपाल टेलिकमको टावरले काम नगर्दा टेलिफोन सेवा समेत प्रभावित भएको उनले बताए । यस्तै तातोपानीको सुख्खा बन्दरगाह पनि बाढीको जोखिममा परेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
अरनिको राजमार्गमा बाढी पहिरोले सडक तथा पुलमा व्यापक क्षति पुर्याएका कारण दशैंका लागि चीनबाट नेपालमा सामग्री ल्याउन समस्या पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण