काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार
शनिबार, १२ असोज २०८१, १५ : ४५
काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न नदीहरूमा बाढी आएर प्रभावित भएका ३८० जनालाई उद्धार गरिएको छ । विभिन्न टोलीमा रहेका ११७ जना प्रहरीले प्रभावितलाई उद्धार गरेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक टेक बहादुर जोरा नेतृत्वमा खटिएको ५६ जनाको टोलीले ललितपुर, बल्खु क्षेत्रबाट ३२० जनालाई र्याफ्टिङ बोर्डबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन् ।
यस्तै प्रहरी निरीक्षक सन्तोष दाहाल र मोहन विक्रम केसी नेतृत्वको ३५ जनाको टोलीले ललितपुर, नख्खु मेडासिटी क्षेत्रबाट ६० जनाको उद्धार गरेको छ ।
प्रहरी निरीक्षक ओम प्रकाश वाग्ले नेतृत्वको १६ जनाको टोलीले भक्तपुर परिसरको उद्धार टोलीलाई सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण