काठमाडौँमा मृत्यु भएका १० जनाको सनाखत
काठमाडौँ । बाढी र पहिरोका कारण काठमाडौँमा ११ जनाले ज्यान गुमाएका छन् । मृत्यु भएकाहरूमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् ।
सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकी पत्नी ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ ।
कीर्तिपुरमा २४ वर्षीय अजय पाण्डेले ज्यान गुमाएका छन् । उनी अर्घाखाँची घर भएर कीर्तिपुर बस्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष मृत भेटिएका छन् । उनको पहिचान खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण