बाढी
सप्तकाेशीमा पानीको बहाव सन् १९६८ यताकै धेरै, पुल माथिबाटै पानी बग्न थाल्यो
शनिबार, १२ असोज २०८१, १७ : ५२
विराटनगर । सप्तकाेशी नदीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । १८ नम्बर ढाेका माथिको पुलबाटै केही बेर अगाडि पानी बग्न थालेको भए पनि अहिले कम हुँदै गएको सुनसरी प्रहरीले जनाएको छ ।
पानीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । अहिले कोशीको पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको छ । याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण