बाढी
सप्तकाेशीमा पानीको बहाव सन् १९६८ यताकै धेरै, पुल माथिबाटै पानी बग्न थाल्यो
शनिबार, १२ असोज २०८१, १७ : ५२

विराटनगर । सप्तकाेशी नदीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । १८ नम्बर ढाेका माथिको पुलबाटै केही बेर अगाडि पानी बग्न थालेको भए पनि अहिले कम हुँदै गएको सुनसरी प्रहरीले जनाएको छ ।
पानीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । अहिले कोशीको पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको छ । याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित
-
चार दशकअघिको चर्चित गीत ‘परालको आगो’मा रहने
-
विपद् कोषमा चार अर्ब ६५ करोड भन्दा बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो