ललितपुरबाट १५ जना बेपत्ता
काठमाडौँ । बाढी र पहिरोका कारण ललितपुरबाट १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महालक्ष्मी नगरपालिका–९ लुभु बस्ने ५० वर्षीय शिवबहादुर थापामगर, उनकी पत्नी २४ वर्षीया हरिकला थापा मगर र छोरी साढे २ वर्षीया सिम्रिका थापा मगर छिन् ।
महालक्ष्मी नगरपालिका वडा नम्बर–८ बस्ने ५० वर्षीया लीला थापा, ओखलढुङ्गा घर भएर नखिपोट बस्ने ४० वर्षीय देवराज कार्की र रौतहट घर भएर नखिपोट बस्ने ३२ वर्षीय विकाउ शाह अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले रातोपाटीलाई बताए ।
महांकाल गाउँपालिका–३ गोटिखेल बस्ने ईश्वर तिमल्सिना, उनकी आमा र पत्नी गोमा तिमल्सिना पनि बेपत्ता छन् । गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतलामा कार्यरत ३० वर्षीय विवेक सिंह हराएका छन् । गोदावरी–७ छोटे डाँडाबाट ४ जना बेपत्ता भएको डीएसपी अधिकारीले जानकारी दिए ।
ललितपुरमा बाढी र पहिरोमा परेर २० जनाले ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण