अलपत्र दुई अन्तरिक्ष यात्रीलाई फिर्ता ल्याउने मिसनमा स्पेस एक्स
क्यालिफोर्निया । अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले जुनयता अन्तरिक्षमा अलपत्र परेका दुई अमेरिकी अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने मिसन सुरु गरेको छ । सुनिता विलियम र बुच विलमोरलाई फिर्ता ल्याउन २ ओटा सिट खाली राखेर कम्पनीले शनिबार फ्लोरिडाको केप कानाभेरलबाट ड्र्यागन क्याप्सुल पठाएको छ ।
बुच र सुनिताका लागि आवश्यक ताजा सामाग्रीहरू बोकेर नासाका अन्तरिक्ष यात्री निक हग र रुसी अन्तरिक्ष यात्री अलेक्जान्देर गोर्बुनोभ सो क्याप्सुलमा गएका छन् । यानले उनीहरूलाई फेब्रुअरीमा पृथ्वीमा ल्याउनेछ । क्याप्सुल बिहीबारै लञ्च गरिने भएको थियो ।
तर अमेरिकामा आएको हेलेन आँधीले फ्लोरिडामा वितन्डा गरेपछि यसको प्रक्षेपण शनिबार मात्रै गरियो । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेस एक्सले हरेक ६÷६ महिनामा अन्तरिक्षयात्रीहरूलाई आईएसएसबाट पृथ्वीमा ल्याउने र पुर्याउने गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण