विपतबारे सरकारसँग कांग्रेसकाे ब्रिफिङ : उद्धार सामाग्री अभाव भएको गृहमन्त्रीको गुनासो
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्राकृतिक विपत र त्यसले जनधनमा पुर्याएको क्षतिबारे सरकारसँग ब्रिफिङ लिएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग कांग्रेसले ब्रिफिङ लिएको हो ।
बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारी अनुसार लगातार परेको पानी र त्यसको कारण आएको बाढी पहिरो लगायतका कारणले जनताले ज्यान गुमाउनुपरेकोमा सरकारसँग यथार्थ विषय माग गरिएको हो ।
पूर्वजानकारी हुँदा पनि किन यति धेरैले ज्यान गुमाए भन्ने प्रश्न कांग्रेस नेताहरूले कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेका थिए । जवाफमा पार्टीबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले ३३ सय बढी व्यक्तिलाई उद्धार गरेको जानकारी गराएका थिए । समयमै उद्धार नगरेको भए ‘विज्ञले भनेजस्तै थप ३३ प्रतिशत क्षति रोक्न सफल भएको’ भन्ने जवाफ उनले दिएका थिए ।
वर्षात् हुन्छ भन्ने पूर्वानुमान भएको अवस्थामा यति धेरै जनधनको क्षति किन भयो भन्ने प्रश्न उठिरहेको छ । यही विषयमा पार्टीलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले भने प्रयत्न गरे पनि साधन स्रोतको अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिएका थिए ।
‘उद्धारका लागि आवश्यक सामाग्री नभएको अवस्थामा हामीले व्यवस्थापन गर्न लागेका थियौँ । गर्दागर्दै धनजनको क्षति भएको कुरा उहाँहरूले गर्नुभयो‚’ ती नेताले भने‚ ‘प्रयत्न गर्दागर्दै काम गर्न सकिएन‚ सम्भव भए जति गरेका छौँ भनेर उहाँहरूबाट कुरा आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण