आधुनिकीकरणमार्फत शक्तिशाली चीन बनाउन सीको आह्वान
आइतबार, १३ असोज २०८१, १४ : ३७

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण गर्न आह्वान गरेका छन् ।
चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानमा लाग्न सबैलाई आह्वान गरेका हुन् ।
‘यति बेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानका लागि महत्त्वपूर्ण समय हो । यसका लागि जनताको बहादुरीलाई आफ्नो नमुना बनाउनुपर्छ । एकीकृत रूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने ।
उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्ज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन