आधुनिकीकरणमार्फत शक्तिशाली चीन बनाउन सीको आह्वान
आइतबार, १३ असोज २०८१, १४ : ३७
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण गर्न आह्वान गरेका छन् ।
चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानमा लाग्न सबैलाई आह्वान गरेका हुन् ।
‘यति बेला चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानका लागि महत्त्वपूर्ण समय हो । यसका लागि जनताको बहादुरीलाई आफ्नो नमुना बनाउनुपर्छ । एकीकृत रूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्छ,’ उनले भने ।
उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्ज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण