कृषिमा भएको क्षतिबारे तथ्यांक संकलन गर्न मन्त्री अधिकारीको निर्देशन
आइतबार, १३ असोज २०८१, १४ : ३९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रमा बाढीले पारेको वास्तविक क्षतिको बारेमा अध्ययन गरी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बाढीले कृषि क्षेत्रमा पारेको असरबारेमा छलफल गर्न कृषि मन्त्रालयमा बसेको बैठकमा मन्त्री अधिकारीले सो निर्देशन दिएका हुन् । मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ त्यसको वास्तविक तथ्यांक छिटो संकलन गरी कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिएको उनका निजी सचिवलालले जनाएको छ ।
बाढीले कृषि उपजहरूमा क्षति पुर्याएको प्रारम्भिक सूचनाहरू प्राप्त भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । उनले पीडित किसानलाई के–कसरी राहत दिन सकिन्छ त्यसको बारेमा तुरुन्त कार्यान्वयनमा जानुपर्ने आवश्यक भइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण