बुधबारसम्म आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने
आइतबार, १३ असोज २०८१, १७ : ०१
काठमाडौँ । आउने बुधबारसम्म आन्तरिक हवाई उडानमा ‘अपर फेयर’ ९उच्चतम भाडादर० लागू नहुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घबिच आइतबार भएको छलफलमा विपद्को बेला भएकाले आगामी तीन दिनसम्म सस्तो टिकटमा मात्रै उडान गराउने सहमति भएको हो ।
प्राधिकरणले संघसँग विपद्को समयमा उच्च भाडादर लागू नगर्न आग्रह गरेको थियो ।
एयरलाइन्सहरूमा न्यूनतमदेखि उच्चतम भाडादर तोकिएको हुन्छ ।
एयरलाइन्स कम्पनीहरूका अनुसार हरेक उडानको १५ देखि २० प्रतिशत टिकट ‘अपर फेयर’मा बिक्री हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण