अखिल क्रान्तिकारीमा उमेरहदबारे बहस
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रमा कतिपयले उमेरहद राख्न नहुने सुझाव दिएका छन् । आइतबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सुरु भएको बन्दसत्रमा कतिपयले उमेरहद राख्न नहुने सुझाव दिएको एक पदाधिकारीले जानकारी दिए ।
ती पदाधिकारीका अनुसार ५ वटा ग्रुपले उमेरहद राख्न जरुरी नभएको धारणा राखेका थिए । दुईवटा ग्रुपले मत विभाजन गर्नु र उमेरहद लगाउनुपरे २८ वर्ष राख्नुपर्ने मत राखेका थिए । ३ वटा ग्रुपले २८ वर्ष उमेरहदल राख्नुपर्ने पक्षमा उभिएका थिए ।
उमेरहद जरुरी नभएको पक्षमा मधेस प्रदेशका नेता रामपुकार यादव, प्राविधिकधारतर्फ क्याम्पसबाट अनिस बलसाडी, लुम्बिनी प्रदेशबाट महेश बस्नेत उभिएका थिए । कार्णालीका समूह नेता निराजन केसीले उमेरहद २३ औंबाट लागु हुने हो कि २४ औंबाट हुने हो भन्ने प्रश्न उठाएका थिए । छलफलबाट २८, ३२ र ३५ उमेरहद लगाउनुपर्ने सुझाव आएको धारणा राखेका थिए ।
यस्तै लुम्बिनी प्रदेश समूहका नेताले नियमित सम्मेलन र अनिवार्य निर्वाचनको पक्षमा मत आएको बताएका थिए । कोशी प्रदेशका समूह नेता नयन राईले उमेरहदबारे मत विभाजन गर्नुपर्ने धारणा राखेका थिए ।
यस्तै बागमती प्रदेशका नेता मिलन लामाले उमेरहद लागु गर्ने वा नगर्ने निर्वाचनबाट टुङ्याउनु पर्ने, यदि उमेरहद लगाउनु परे २८ वर्ष हुनुपर्ने धारणा राखेका थिए ।
सुदूरपश्चिमका तिलक मालले उमेरहद यसै सम्मेलनबाट २८ वर्ष लगाउनुपर्ने पक्षमा रहेको धारणा राखेका थिए ।
यसैगरी उपत्यका विशेष प्रदेशका नेता टोपेन्द्र वलीले उमेरहदबारे २८, ३२ र ३५ वर्ष हुनुपर्ने सुझाव आएको बताएका थिए । अधिकांशले नियमित सम्मेलन र निर्वाचनको पक्षमा मत आएको धारणा राखेका थिए । छलफलबाट आएको सुझाव सम्बन्धमा सोमबार जवाफ दिएपछि परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण