अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा : भौतिक पूर्वाधारमन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउने काम मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताए ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रिज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरी आवागमन सहज बनाउन सडक विभागमार्फत काम अघि बढाइएको उनले बताए ।
मन्त्री दाहालले बाढीपहिरोमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्वसांसद विशाल भट्टराईलगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका थिए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउन देशैभरका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको जानकारी गराएका थिए ।
त्यस्तै, सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरुसँग समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरिरहेको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण