यो सिजन गोल नखाने एक्लो टोली
सोमबार, १४ असोज २०८१, ०८ : ३९
टुरिन । युभेन्टस यो सिजन युरोपका १६ घरेलु लिगमा हालसम्म एउटा पनि गोल नखाने एक्लो टोली बनेको छ । शनिबार टोलीले जेनोआलाई ३–० गोलले हराएको थियो ।
थियागो मोटाको टोलीले हालसम्म ९ वटा गोल गरेको छ भने सुरुवाती ६ खेलमा टोलीविरुद्ध कसैले पनि गोल गर्न सकेको छैन ।
अहिलेसम्म टोलीको डिफेन्स लाइन सुनिश्चित नभए पनि टोलीले उत्कृष्ट रेकर्ड राख्न सफल भएको छ । टोलीका दुई गोलकिपर र आठ डिफेन्डर सबैले कम्तीमा एक खेल खेलेका छन् ।
युभेन्टसविरुद्ध पछिल्लोपटक गोल गर्ने टोली बोलोग्ना हो । टोलीले मेमा गोल खाएको थियो ।
टोलीले हालसम्म ३ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ । टोली १२ अङ्कसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण