प्रधानन्यायाधीश राउतविरुद्धका ६ उजुरी : श्रीमतीको झगडियादेखि हत्या आरोपितलाई छाडेकोसम्म आरोप
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका छन् ।
समितिले राउतविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। अमेरिकाबाट राउतविरुद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी उजुरी दर्ता गराएका छन् । उनले अमेरिकाबाट उजुरी दिएका छन्।
बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा आदेश गरेको आरोप लगाएका छन् । ऐडीले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको जिकिर गरेका छन् ।
राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएका नेपाली काङ्ग्रेस निकटहरूलाई साधारण तारेखमा रिहा गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।
कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट प्रेरित भएर ज्यान मार्ने अभियोग गरेको व्यक्तिलाई धरौटी माग गरेको दाबी गरेका छन् । २०७९ सालको निर्वाचनमा बाजुरामा उनको हत्या भएको थियो । उक्त प्रकरणमा जिल्ला र उच्चले थुनामा पठाएको थियो भने सर्वोच्चले आरोपितहरूलाई धरौटीमा छोडेको थियो ।
अर्का एक उजुरीकर्ताले श्रीमतीसँग विवादित व्यक्ति भएकाले उनलाई अनुमोदन गर्न नहुने दाबी गर्दै उजुरी दिएका छन् ।
‘संसदीय सुनवाइ समितिले श्रीमतीसँग विवादित झगडियालाई प्रधानन्यायाधीश अनुमोदन गर्दै छ’ उजुरीमा लेखिएको छ– ‘प्रस्तावित प्रधान न्यायाधीशको हाइड्रो पावरमा लगानी, साङ्ग्रिलामा पौडी खेल्ने र गोपाल (सर्वोच्चमा क्यान्टिन सञ्चालक) को डाँडाको रेस्टुरेन्टमा मोजमस्ती गर्ने गर्दछन् । ’
राउतविरुद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले अनुमोदन गर्न नहुने भनी उजुरी दिएकी छन् । उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् ।
२०८० साल चैत १५ गते चितवन हाजीपुरमा ११ आना जग्गा राजमार्गमा परेको र ३ आना जग्गा जग्गाको सवालमा उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला भएको दाबी उजुरीमा गरेकी छन् ।त्यस्तै, राउतविरुद्ध अमेरिकाबाट उजुरी दिएका नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक जोडिएको मुद्दा फैसला नगरेको दाबी गरेका छन् ।
अन्य दुई उजुरीकर्ताले भने प्रधानन्यायाधीश राउतविरुद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको मागबारे रहेका छन् । प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय सुनुवाइ समितिले बुधवार सुनुवाइको तयारी गरेको छ। त्यसका लागि आज समितिले उजुरी खोलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण