गढीमाई मेला व्यवस्थापन समिति गठन
सोमबार, १४ असोज २०८१, २३ : २४
कलैया । पञ्चवर्षीय गढीमाई मेला सञ्चालन गर्न समिति गठन गरिएको छ । आगामी मङ्सिरमा लाग्ने मेलालाई सभ्य, भव्य बनाउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षहरूमा मनोजकुमार गुप्ता, रामचन्द्रप्रसाद साह, रामबाबुप्रसाद यादव र कलैश महतो भएको नवगठित मेला समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
समितिको महासचिवहरूमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता, सचिवहरूमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया चयन भएका छन् ।
समितिको सदस्यमा सबै राजनीतिक दलका प्रतिनिधि, १६ वटा पालिकाका प्रमुख र उपप्रमुख छन् । गढीमाई मेलामा एसिया महादेशका अधिकांश ठाउँबाट मेला भर्न तीर्थयात्रीहरू आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण