रोनाल्डोको गोलमा अल नासरको जित
रियाद । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी अरेबियाको क्लब अल नासरले कतारको अल रायानलाई पराजित गरेको छ । एफसी च्याम्पियन्स लिग अन्तरगतको समूह चरणको खेलमा टोली २–१ गोलले विजयी बनेको हो ।
पाँच पटकको बालोन डी'ओर विजेताले भाइरल इन्फेक्सनका लागि प्रतियोगिताको पहिलो खेल गुमाएका थिए । उक्त खेलमा अल नासर इराकको अल सोर्टासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
सोमबारको खेलमा लिभरपुलका पूर्वखेलाडी साडियो मानेले पहिलो हाफको इन्जुरी समयमा अल नासरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
उनले उक्त गोल आफ्नो पिताप्रति समर्पित गरे । सेप्टेम्बर ३० मा उनको दिवंगत पिताको जन्मदिन थियो । यसअघि दोस्रो हाफको सुरुवातमा नै उनले गरेको गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
खेल सकिन ३ मिनेट बाँकी छँदा रोजर गुडेसले अल रायानका लागि एक गोल फर्काए पनि बराबरी गोल फर्काउन भने सकेन ।
प्रतियोगितामा २४ वटा टोलीलाई १२ वटाको दुई समूहमा विभाजन गरिएको छ । एक समूहमा पूर्व र अर्को समूहमा पश्चिमका टोली छन् । प्रत्येक समूहबाट ८ वटा टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण