ओलीले बोलाए संसदीय दलको बैठक
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । सचिवालय बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले बताएका छन् ।
सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको अधिकारीले जानकरी दिए । त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्नेगरी बोलाइएको सांसद ठाकुर गैरेले जानकारी दिए ।
दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढीपहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।
दलको बैठकमार्फत बाढीपहिरो तथा डुवान पीडितलाई सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने निर्णय गर्नसक्ने एक सांसदले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण