अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।
अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ । त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन् । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए ।
अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको बताएका छन् ।
उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । ‘अहिले छुटेका गाडी आइपुग्न नभ्याए पनि दसैँका लागि थपिएका गाडीहरू छँदैछन्, त्यसैले टिकट बन्द नै गर्नुपर्छ भन्ने अवस्था हुँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण